बीरगञ्ज महानगरमा एमाले र लोसपाका बीचमा तालमेल गर्ने सहमति
वि.सं.२०७९ वैशाख ८ बिहीवार ११:०४
shares

काठमाडाैं | वीरगञ्ज महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बीच चुनावी तालमेल हुने भएको छ ।
एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी तालमेल हुने जनाएका छन् ।
सहमति अनुसार महानगरको मेयर एमालेले पाउने छ भने उपमेयरमा लोसपाले उम्मेदवारी दिनेछ । समृद्ध वीरगञ्जको सपना साकार पार्न दुवै पार्टीको सहमति अर्थपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।






































