विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं कांग्रेसले आज मेयर उपमेयर दुबैको नाम सिफारिस गर्ने

572
shares

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई दिने सहमति गरिसकेको छ । तर, मेयर कांग्रेसले पाउने सहमति भए पनि नेपाली कांग्रेस काठमाडौं नगर समितिले उपमेयरमा समेत आकांक्षीको नाम सिफारिस गर्ने भएको छ ।

नगर समितिले तालमेलको विपक्षमा निर्णय गरेकाले उपमेयरको पनि नाम सिफारिस हुने एक पदाधिकारीले जानकारी दिए । ‘आकांक्षी धेरै जना हुँदा सिफारिस नाममा सहमति जुट्न सकेको छैन’ नगर समितिका एक पदाधिकारीले भने, ‘आज बैठक बसेर नाम सिफारिस गर्छौं ।’

कांग्रेसको काठमाडौं महानगर समितिमा सहमति जुट्न नसक्दा मेयरमा आकांक्षीको नाम समेत सिफारिस गर्न सकेको छैन ।बुधबार बसेको नगर समितिको बैठकले नाममा सहमति जुटाउन नसकेपछि बिहीबार पुनः बैठक बस्ने भएको छ ।

काठमाडौंको मेयरमा कांग्रेस बाट आकांक्षा देखाउने एक दर्जन बढी नेता भएको उनले जानकारी दिए । सिर्जना सिंह, तीर्थराम डंगोल, निलकाजी शाक्य, सुसन वैद्य लगायतको नाम चर्चामा रहेको छ । सिंह नेता प्रकाशमान सिंह पत्नि हुन् । डंगोल पुराना पुस्ताका काठमाडौं जिल्ला नेता हुन् ।शाक्य नगर सभापति र वैद्य नगर सचिव हुन् । स्रोतका अनुसार सिंहको मात्रै नाम सिफारिस गर्ने कि अन्य नाम पनि पठाउने बारेमा एकमत हुन सकेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports