प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

520
shares

काठमाडौं । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाख सम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

‘निर्वाचन प्रचार प्रसार १७ गते बाट सुरु हुने भएकाले १८ गते देखि २२ गते सम्म आमसभा गर्ने भन्ने भएको छ’, माओवादी नेता देव गुरुङले भने, ‘सबै प्रदेशको राजधानीहरुमा आमसभा गर्ने निर्णय भएको छ ।’

जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports