विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन बुँदे सहमति भयो कान्तिपुर टेलिभिजन लिमिटेड र पत्रकार महासंघ बीच

767
shares

काठमाडौं।कान्तिपुर टेलिभिजन लिमिटेड र पत्रकार महासंघ बीच तीन बुँदे सहमति भएको छ।

शुक्रबार कान्तिपुर  टेलिभिजनको व्यवस्थापनको तर्फ बाट मानव संशाधन विभाग प्रमुख परमान्द खनाल र नेपाल पत्रकार महासंघतर्फ बाट महासचिव रोसन पुरी बीच तीन बुँदे सहमति भएको हो। कान्तिपुर टेलिभिजन लिमिटेडमा कार्यरत श्रमजीवी पत्रकारको समस्या र संस्थामा कार्यरत पत्रकार दिपा दाहालको पुनर्स्थापनाको माग राख्दै महासंघले आन्दोलन गर्दै आएको थियो।

सहमतिमा कान्तिपुरले संस्थामा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक आउँदो मसान्त सम्म दिन तत्पर रहेको, संस्थामा कार्यरत पत्रकारको सूचना तथा प्रसारण विभाग बाट जारी हुने पत्रकार परिचयपत्र दिने वातावरण तयार गर्ने जनाएको छ।  यसैगरी पत्रकार दिपा दहालले पाउनुपर्ने सेवा सुविधा पनि एक साताभित्र दिने उल्लेख गरेको छ।

छलफलमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठक, नेपाल पत्रकार महासंघका सचिव सिर्जना अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी र कान्तिपुर टेलिभिजनका पत्रकार दिपा दाहाल उपस्थित थिए।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports