धरान–४ का वडाध्यक्षले एमाले परित्याग गरि समाजवादी प्रवेश
वि.सं.२०७९ वैशाख १० शनिवार १७:३९
shares

धरान । धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष मानबहादुर राईले नेकपा एमाले परित्याग गरेका छन् । एमाले परित्याग लगत्तै राई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
०७४ को चुनावमा राईसहित धरान उपमहानगरपालिकामा १४ वडाध्यक्ष जितेको थियो । राई फेरि पनि वडाध्यक्षका आकांक्षी थिए । एमाले परित्याग गरेका राई एकीकृत समाजवादी बाट गठबन्धनको उम्मेदवार बन्ने अनुमान गरिएको छ । सत्तारुढ गठबन्धनका तर्फ बाट यो वडा एकीकृत समाजवादीलाई दिइएको छ ।

































