कांग्रेसले १३ पदाधिकारी र वरिष्ठ नेता पौडेललाई राखेर संसदीय समिति बनायो, उम्मेदवार छनोटको अधिकार भने सभापतिलाई
वि.सं.२०७९ वैशाख ११ आइतवार १७:१२
shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बनाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राखेर संसदीय समिति बनाएको हो ।
आइतबार नै समितिको पहिलो बैठक बसेको छ, जसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापतिलाई दिएको छ ।
संसदीय समितिको निर्णयलाई आइतबार नै बसेको कार्यसम्पादन समितिको दोस्रो बैठकले अनुमोदन गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।





































