नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुरक्षा निकायका प्रमुखहरुल जंगी अड्डामा भेला, स्थानीय निर्वाचनको सुरक्षा बारे छलफल

455
shares

काठमाडौं ।सुरक्षा निकायका प्रमुखहरुले भद्रकाली स्थित सैनिक मुख्यालय ‘जंगी अड्डा’मा भेला भएका छन् । स्थानीय निर्वाचनको सुरक्षा बारे छलफलका लागि उनीहरु भेला भएका हुन् ।

आइतबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले छलफल गरेका हुन् ।

स्थानीय तह निर्वाचनको सुरक्षा जिम्मेवारी समन्वय र सहकार्य गरेर कार्यान्वयन गर्ने विषयमा सुरक्षा प्रमुखहरुको बिीचमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । छलफलमा सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरु तथा उच्च सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports