२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको संसदीय बोर्डमा शेखर कोइराला अटाएनन्, कोइराला पक्ष रुष्ट

897
shares

काठमाडौं। नेपाली कांग्रेसले टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले कांग्रेसका पदाधिकारी र नेता रामचन्द्र पौडेल सदस्य रहने गरी संसदीय बोर्ड गठन गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत रहेको बोर्डमा कांग्रेस सभापतिका प्रत्यासी रहेका नेता शेखर कोइराला भने परेनन् ।

कांग्रेस महाधिवेशनमा शेखर सभापतिका लागि देउवाका निकटतम प्रतद्वन्द्वी थिए । कांग्रेस विधानमा कार्यसमितिका पदाधिकारी र केन्द्रीय समिति बाट तोकिएका ११ जना सम्मिलित केन्द्रीय संसदीय बोर्ड गठन हुने व्यवस्था छ । पदाधिकारी बाहिर बाट रामचन्द्र पौडेल समेटिँदा शेखर छुटेका हुन् । महानगर र उपमहानगरको टिकट संसदीय बोर्ड मार्फत बाँड्ने कांग्रेसको प्रावधान छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports