सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम

559
shares

काठमाडौं ।हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको छ। हाल प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports