सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गभर्नर अधिकारीको मुद्दा हेर्दा हेर्दैमा, अर्को पेसी बिहीबार

416
shares

काठमाडौं ।गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट हेर्दा हेर्दैको सूचीमा राखिएको छ । मंगलबार सुनुवाइ नसकिएपछि अधिकारीको रिट हेर्दा हेर्दैमा राखिएको हो । सरकारले छानबिन थालेपछि निलम्बनमा परेका गभर्नर अधिकारीले वैशाख ५ गते सर्वोच्च अदालतमा रिट दायर गर्दै छानबिन रोक्न माग गरेका थिए । उक्त रिट माथि वैशाख ६ गते सुनुवाई हुँदा न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएर छानबिन रोक्न आदेश दिएको थियो ।

उक्त आदेशमा अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बनधमा निर्णय लिन भन्दै वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा परेको उक्त मुद्दाको सुनुवाई खाजा समयपछि मात्रै भएको थियो । तर दुवै पक्षको सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखिए सँगै उनले पूर्ववत् अवस्थामै कामकाज गर्न भने पाउनेछन् । अर्को पेसी बिहीबारका लागि तोकिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports