सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अधिवक्ता खतिवडाको कानून व्यवसायीको प्रमाणपत्र रद्ध

520
shares

काठमाडौं ।नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता प्रकाश खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।

स्थायी घर मोरङ मृगौलिया गाविस वडा नं ३ घर भई काठमाडौं जिल्ला कामनपा वडा नं ३४ शङ्खमूल बस्ने अधिवक्ता प्रकाश खतिवडाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा २०७२ सालमा ललितपुर जिल्ला अदालत बाट कीर्ते ठहर गरी भएको सजाय पाएको र सर्वोच्च अदालतको मिति २०७६ माघ ८ को फैसला बाट अन्तिम भएको पाएपछि परिषद्ले उक्त प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।

खतिवडाले २०७० साल असोज १८ मा अधिवक्ताको प्रमाणपत्र लिएको परिषद्को अभिलेख बाट देखिन्छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा १९ बमोजिम कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गर्नुभन्दा पहिले नै कानुन व्यवसायी हुन अयोग्य भएको तथ्य पछि बाट प्रमाणित हुन आएमा परिषद्ले प्रमाणपत्र रद्द गर्नसक्ने कानुनी व्यवस्था छ ।

परिषद्का सचिव मोना सिंहका अनुसार कानुन व्यवसायी बन्नुभन्दा अगाडि नै सरकारी छाप कीर्ते गरेको ठहर गरी सजाय पाएको हुँदा अधिवक्ता अधिकारीको परिषदको कानुनी व्यवस्था अनुसार कानुन व्यवसायी प्रमाणपत्र रद्द गरिएको हो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports