सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचनमा १ लाख ५० हजार भन्दा बढीको उम्मेदवारी, सबैभन्दा बढी उम्मेदवारी एमालेका

507
shares

काठमाडौं ।स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्यामा उम्मेदवारी परेको हो ।

यो सङ्ख्या मंगलबार राती ९ बजे सम्मको भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारको दलगत स्थिति प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । आयोगको विवरण अनुसार प्रमुख पदमा एमाले बाट २८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ । सो दल बाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमाले बाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ ।

त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेस बाट प्रमुख पदमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । सोहीअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रमुख पदमा २४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाट अध्यक्ष पदका लागि २९१ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्र बाट प्रमुख पदमा १ हजार ३७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ । उपप्रमुखमा राप्रपा बाट २२७ उम्मेदवारी परेको छ भने नेपाली काँग्रेस बाट २१० उम्मेदवारी परेको देखिएको छ । सोही अनुसार उपाध्यक्ष पदका लागि काँग्रेस बाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्र बाट सोही पदमा ३१४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै, वडा अध्यक्षमा एमाले बाट ६ हजार ४६८, काँग्रेस बाट ६ हजार ७७, माओवादी केन्द्र बाट ४ हजार ३८५ र स्वतन्त्र बाट ५ हजार ८३१ जनाको उम्मेदवारी परेको छ । सोही अनुसार महिला सदस्यका लागि एमाले बाट ६ हजार ३१८, काँग्रेस बाट ५ हजार ९९६, माओवादी केन्द्र बाट ४ हजार १०७, राप्रपा बाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, दलित महिला सदस्यका लागि एमाले बाट ६ हजार ११२, काँग्रेस बाट ५ हजार ७३१, माओवादी केन्द्र बाट ३ हजार ८३५, राप्रपा बाट १ हजार ६३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, सदस्य खुल्लाका लागि एमाले बाट १२ हजार ६७०, काँग्रेस बाट ११ हजार ९३४, माओवादी केन्द्र बाट ८ हजार ५३८ र राप्रपा बाट ४ हजार ६३० जनाको उम्मेदवारी दर्ता भएको छ ।

सोहीअनुसार प्रमुख पदमा अन्य बाट १ हजार २९१, अन्य बाट अध्यक्षमा १ हजार २३५, अन्य बाट उपप्रमुखमा १ हजार २१, अन्य बाट उपाध्यक्ष ९१३, अन्य बाट वडा अध्यक्ष १२ हजार १८८, अन्य बाट महिला सदस्य ७ हजार ५५७, अन्य बाट दलित महिला सदस्य ६ हजार १६०, अन्य बाट खुला सदस्य १६ हजार ८८६ जनाको उम्मेदवारी परेको छ । ​

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports