मोबाइल लगायतका यि सामान ल्याउन सरकारले लगायो प्रतिबन्ध
वि.सं.२०७९ वैशाख १४ बुधवार ०८:३८
shares

काठमाडौं । सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्त सम्म नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको हो ।
३२ इञ्च भन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसी भन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन ।


































