आज देखि उम्मेदवारी विरुद्धको उजुरीको छानबिन हुने, १७ गते चुनाव चिह्न वितरण हुने
वि.सं.२०७९ वैशाख १४ बुधवार ०७:३२
shares

काठमाडाैँ- स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयन विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आज देखि जाँचबुझ छानबिन थाल्ने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता भएकाेमा मंगलबार उम्मेदवार विरुद्ध उजुरी आह्वान भएको हाे।
प्राप्त उजुरी माथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए। आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ। आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ।
निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ।७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन ।



































