ओलीको चुनावी घोषणापत्र माथि गरेको टिप्पणी बारे नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै
वि.सं.२०७९ वैशाख १४ बुधवार १०:२६
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र माथि गरेको टिप्पणी बारे नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । थापाले ओलीको अभिव्यक्ति बारे जवाफ दिने उनको सचिवालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।
मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।






































