प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनका कांग्रेस बागीलाई मिलाउने जिम्मा गृहमन्त्री खाँणलाई

572
shares

काठमाडौं । भरतपुरमा गठवन्धनका साझा उम्मेदवार विरुद्ध नेपाली कांग्रेसका पूर्वसंसदले बागी उम्मेदवारी दिएपछि केन्द्रमा टाउको दुखाइ भएको छ । माओवादी केन्द्रकी उम्मेवदार प्रचण्डपुत्री रेणु दाहाल विरुद्ध नेपाली कांग्रेस बाट जगन्नाथ खतिवडाले मनोनयन दर्ता गराएका छन् ।

आज बसेको गठवन्धनका शीर्ष नेताहरूको वैठकले देशभर बाट बागी उम्मेदवारी फिर्ता गराउने निर्णय लिएको थियो । यसैलाई कार्यान्वयन गराउने क्रममा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण भरतपुर जान लागेका छन् । उनले त्यहाँ असन्तुष्ट कांग्रेस नेता-कार्यकर्तालाई भेटेर फकाउने प्रयास गर्ने छन् ।

आज तरुण दलको एक कार्यक्रममा खाणले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा भरतपुर जान लागेको बताए । ‘मेरो आज भैरहवा जाने योजना थियो । तर, पार्टी सभापतिले तिमी चितवन जाऊ, पार्टीका साथीहरू सँग सम्वाद र छलफल गर भन्नुभएको छ । त्यहाँ गठबन्धनलाई अगाडि बढाउने काम गर्नू भनेर निर्देशन दिनुभएको छ । त्यसैले म गठबन्धनलाई पनि अगाडि बढाएर पार्टीका साथीहरूलाई पनि समेट्ने उद्देश्यले चितवन जाँदैछु ।’ खाणले चितवनका समस्त कांग्रेस जनप्रति आफ्नो सम्मान रहेको बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports