kumari
stcnepal

शेयर बजारमा ५.१७ अंकको सुधार

काठमाडौं । बुधबार नेप्से सूचक ५.१७ अंकले सुधार भएको छ । कारोबारको अधिकाम्स समय नकारात्मक देखिएको शेयर बजार अन्तिममा ५.१७ अंकको सुधार सहित २३७६ अंकमा रोकिएको छ । कारोबार रकम भने एक वर्ष एताकै सर्वाधिक कम एक अर्ब ८ करोड रुपैयाँको मात्रै भएको छ । पछिल्लो बुलको सुरुवातिnदिन देखिनै एक अर्ब भन्दा माथिको कारोबार हुँदै आएकोमा केहि समय देखि कारोबार रकममा सुस्ताउदै आएको थियो । शेयर बजारले गत भदौ महिनामा अधिकतम विन्दु चुम्दा दैनिक १८ अर्ब भन्दा माथिको हुने गरेको थियो ।

बुधबार बाणिज्य बैंक, व्यापार, माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचक बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ । सबैभन्दा धेरै होटल र विकास बैंकको सुचकमा सुधार आएको छ । सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ ।

 

 

footer