एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेल सहित १५ जनाले सामूहिक राजीनामा दिए
वि.सं.२०७९ वैशाख १४ बुधवार १६:२८
shares

काठमाडौं । एकीकृत समाजवादी मकवानपुर अध्यक्ष श्रीधर पोखरेल सहित १५ जनाले दिए सामूहिक राजीनामा दिएका छन् । एमाले बाट जे भनेर विद्रोह गरेको त्यही प्रवृति एकीकृत समाजवादीमा देखा परेकाले आफूले राजीनामा दिएको अध्यक्ष पोखरेलले बताए ।
‘एमालेमा विधि र पद्धति भएन भनेर विद्रोह गर्यौं । अहिले सोही प्रवृतिको सिकार हुने स्थिति आएपछि पार्टी बाट अलग हुने निर्णय लिएको हुँ’ उनले भने । पोखरेल सँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी सहित चार जना सचिवालय सदस्य र १० जना जिल्ला कमिटी सदस्यले सामुहिक राजीनामा दिएका छन् ।





































