सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२ लाख ३० हजार ५२७ थान बिधुतिय राहदानी जारी : प्रवक्ता सेवा लम्साल

481
shares

काठमाडौं । सरकारले हाल सम्म २ लाख ३० हजार भन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हाल सम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् ।

उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कूटनीतिक नियोगहरु बाट विद्युतीय राहदानी जारी कार्य भइरहेको बताइन् । राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनको भनाइ थियो । उनले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि बताइन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports