सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गभर्नर निलम्बन सम्बन्धि मुद्दामा बिहीबार पनि सकिएन सुनुवाई, शुक्रबार निरन्तरता दिइने

481
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन सम्बन्धि मुद्दा माथिको सुनुवाइ शुक्रबार पनि हुने भएको छ । बिहीबार भएको सुनवाई नसकिएपछि शुक्रबार निरन्तरता दिइने सर्वोच्चले जनाएको हो ।

बिहीबार नै सुनुवाई सकि आदेश आउने अपेक्षा गरिएको भएपनि सरकारी वकिलको तर्फ बाट भएको सुनुवाई नै नसकिएपछि शुक्रबार पनि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको हो । मंगलबार देखि हेर्दाहेर्दैमा गएको गभर्नर अधिकारीको मुद्दा बिहीबार पनि हेर्दाहेर्दै मै रहेको छ ।

न्यायाधिश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा मंगलबार देखि सुरु भएको सुनुवाई शुक्रबार पनि हुनेछ । सरकारले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गरेर छानबिन सुरु गरेको थियो । यस विरुद्ध अदालत पुगेका गभर्नरको पक्षमा अल्पकालिन अन्तरिम आदेश आएपछि उनी राष्ट्र बैंकमा पुनः बहाली भएका थिए ।

शुक्रबारको सुनुवाई संयुक्त इजलासले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने निर्णय गर्ने छ । सरकारले गभर्नर माथि कार्यक्षमताको अभाव भएको तथा गोप्य सुचना चुहाएको लगायतका आरोप लगाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports