सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनाव आयो कि अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ : ओली

377
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गरेका छन् । एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको बताए । तर चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’

‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्य तर्फ अघि बढेका छौं’ उनले भने ।एमाले अध्यक्ष ओलीले महिलाहरुको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको सम्मानमा एमाले जति सजग अरु कोही नभएको दाबी समेत गरेका छन् । कांग्रेसको चुनावी घोषणापत्रको आलोचना गर्दै उनले एमालेको आलोचना र आफू माथि असभ्य गाली मात्र भएको बताए ।

लद्दु विद्यार्थीले जाँचमा चोरे जसरी आफ्नो घोषणापत्रका केही उतार गरेको भन्दै ओलीले भने, ‘त्यस्तो घोषणापत्र र उम्मेदवार बोकेर कांग्रेस ….. कांग्रेसकै छ होइन यहाँ मेयरको एक जना उम्मेदवार त ? कहाँ उठाउँछ, कहाँ उठाउँदैन आजकल त पत्तै हुन्न ! कतै एस पार्टी उठाएको छ, कतै नो पार्टी उठाएको छ । अहिले के मा भोट हाल्छ, कहिले के मा भोट हाल्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports