सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले उम्मेदवार नबनाएपछि मकालु गाउँपालिकाका अध्यक्ष पोख्रेलले पार्टी त्यागे

455
shares

खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमाले परित्याग गरेका छन् । पोख्रेलले बिहीबार एक विज्ञप्ति जारी गर्दे एमाले परित्याग गरेको घोषणा गरेका छन । पोख्रेल नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य समेत हुन् । उनी गत २०७६ को उपनिर्वाचनमा एमाले बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

पोख्रेलले मकालु गाउँपालिका बाट पुनः अध्यक्षको उम्मेदवारीको दाबी गरेका थिए । तर, एमालेले उम्मेदवार नबनाएपछि उनले पार्टी परित्याग गरेका हुन् । पार्टीका नेताहरुको गुटगत निर्णयले आफ्नो योगदानको अवमुल्यन भएका कारण एमाले पार्टी परित्याग गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । एमालेमा बसेर राजनैतिक जीवन विताउन असहज भएको अध्यक्ष पोख्रेलले आरोप लगाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports