किन पटक–पटक असफल भैरह्यो स्याङ्जाको पुतलीबजार ?, यस्ता छन् कारणहरु
वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०८:१७
shares

स्याङ्जा । २०५४ सालमा स्थापित पुतलीबजार नगरपालिका स्याङ्जाको सदरमुकाम हो । अन्य पालिका भन्दा यो सदरमुकाम भएर बढी सबैले चासो र महत्त्वका साथ हेरिनु स्वभाविक नै हो तर जिल्लाकै सदरमुकाम रहेको पुतलीबजार नगर कार्यपालिकामा हालसम्म यस नगरमा एकछत्र राज नेपाल कम्युनिष्ट पार्टी एमालेले नै गरिरहेको छ । यस नगरमा एमाले बाहेक अन्य कुनै पनि दलले नगरपालिका हाक्न अवसर पाएका छैनन । स्थानीय देखि केन्द्रसम्म दुई तिहाइ शक्ति हुँदा पनि किन काम गर्न सकेन रु बारम्बार नेतृत्व लिन पाउँदा पनि बारम्बार किन असफल भैरहेको छ त?
२०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्बाचित उमेश चन्द्र थापाको पालामा कालो सुचीमामा परेको थियो यस नगरमा २०७४ सालको स्थानीय निर्बाचनमा पनि एमालेकै तर्फबाट सिमा क्षेत्रीले जितेकी थिइन।
जनताको प्रत्यक्ष पहुँच पुग्ने स्थानिय सरकार बास्तवमै जनताको सरकार भन्ने गरिन्छ । २० बर्ष सम्म स्थानीय निर्बाचननै हुन नसकेको अवस्थामा आफ्ना निर्बाचित जनप्रतिनिधि बिहिन हुन पुगि कर्मचारी तन्त्रले धानेको नगर पालिकापछि २० बर्षको अन्तरालमा भएको निर्बाचन बाट जनप्रतिनिधि आइसकेपछी पनि जनताले त्यही २० बर्षको बिचमा कर्मचारीले सन्चालन गरेजतिको सेवा सुसासन युक्त सेवा प्रबाह पाएको महसुस भएन जुन पुतलीबजार नगरबासीलाई धेरै दुःखद कुरा हो ।
तत्कालीन पुतलीबजारको नेतृत्व असफल भएकै कारण आम जनता मात्रै होइन स्वयं एमालेकै नेता कार्यकर्ता पनि सन्तुष्ट हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।
आम जनताले पुतलीबजार नगरपालिका असफल हुनुका कारणहरू ?
१. स्वइच्छाचारी नेतृत्व ।
२. ठेकेदारी प्रथा ।
३. आर्थिक अपार्दर्शिता ।
४. सुसासन कायम गर्न नसक्नु ।
५. जनभावाना बिपरी कार्य ।
६. राजनीतिक आस्थाकै आधारमा बिकास र सेवाग्राहीमा विभेद ।
७। नितिगत भ्रष्टाचार ।
८. नेतृत्वको कमजोर र अपरिपक्व मानसिकता ।
९. जनप्रतिनिधि काम भन्दा पनि आर्थिक प्रलोभनमा लिप्त हुनु ।
१०. विकास र योजना केन्द्रित हुन नसक्नु ।
११. विभिन्न अनुदानको लागी ल्याइएका कृषि सामाग्री लगाएत बीउ बिजनमा व्यापक भ्रष्टाचार गरेको।
१२. बिकास बजेटलाई अनावश्यक अनुत्पादक क्षेत्रमा रकम रकमान्तरण गरि कार्यकर्तालाई प्रोत्साहन ।
१३. कानुन बिपरित पटके कर र अनावश्यक कर थोपरि नगर बासी माथी सास्ती ।
१४. टेन्डर प्रक्रियाबाट गर्नुपर्ने कामहरु पार्टी गत समिती बनाएर गरिनु ।
१५. फोहोर मैला प्रसोधन केन्द्र स्थापना गर्ने नाममा अनावश्यक मेसिन खरिद गरि व्यापक भ्रष्टाचार ।
१६. स्थानीय बिकासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जनप्रतिनिधि सम्लग्न हुँदा त्यसको संरक्षण ।
१७. एकै दिन दर्जनौ कार्यक्रम आयोजना भएको भनी एकै दिन ११ वटा सम्म कार्यक्रमको भत्ता बुझेको ।
१८. पुतलीबजार कार्यलय भित्र पार्टीको बैठक सेमिनार जस्ता कार्यक्रम सन्चालन गरि चिया खाजा शिर्षकमा लाखौं रकम दुरुपयोग गरेको ।
१९. नगरपालिका कार्यलयलाइ पार्टी कार्यलयको रुपमा सन्चालन गरेको ।
२०. फरक बिचार धार भएका कर्मचारी हरु माथी दमन र अनन्याय गरेको ।
२२. घोषणा पत्र अनुसारका काम गर्न नसकेको केही काम सुरु भएपनी समयमै योजना सम्पन्न हुन नसक्नु ।



































