नेकपा एस त्यागेका पोखरेल एमालेमा प्रवेश, पार्टीलाई प्रालि बनाएको आरोप माधवनेपाललाई
वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०९:५२
shares

मकवानपुर ।नेकपा एकीकृत समाजवादी (नेकपा एस) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एस त्यागेर पार्टी छोडेको घोषणा गरेको भोलि पल्ट पोखरेल एमालेमा प्रवेश गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाको मेयर पद नपाएपछि समाजवादी छाडेका उनी पार्टी छोडेको भोलि पल्टै काठमाडौँ पुगेर अध्यक्ष केपी शर्मा ओलीको हात बाट टीका लगाउँदै एमाले प्रवेश गरेका हुन् ।
पोखरेललाई नेकपा एमालेका अध्यक्ष ओलीले काठमाडौंमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गरेका थिए । पोखरेलले बुधबार मात्र नेकपा एकीकृत समाजवादीको अध्यक्ष पद परित्याग गरेका थिए । समाजवादीमा व्यक्तिवाद हाबी भएको, समाजवादीलाई प्रालि बनाइएको भन्दै पोखरेल सहितका नेताहरूले पार्टी परित्याग गरेका थिए ।
उनले अब एमालेको नीति र विधिमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी ८ महिनापछि भए पनि आफ्नो घरमा फर्केको भन्दै अध्यक्ष ओलीले उनको प्रशंसा गरेका थिए ।




































