सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीका कार्यकर्ताहरु द्वारा भटाभट राजीनामा

520
shares

काठमाडौं ।स्थानीय तहको निर्वाचनमा बाँडिएको उम्मेदवारको टिकटमा धाँधली र पक्षपात भएको आरोप लगाउँदै विभिन्न जिल्ला र स्थानीय तहका काँग्रेसी नेताहरुले भटाभट पार्टी छाडेका छन् । सो क्रम पछिल्लो पटक कैलालीमा समेत देखिएको छ ।

नेपाली काँग्रेसको तर्फ बाट कैलालीका विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पार्टी बाट सामूहिक राजीनामा दिएका हुन् । उनीहरुले हिजो पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको जिम्मेवारी बाट राजीनामा दिनेमा वडाध्यक्ष दिपक थापा,पूर्ववडा सभापति अनन्तराज जोशी,छत्र बडेला सहितका ५७ जना कार्यकर्ता भएको बताइएको छ । टिकट वितरणमा भएको धाँधली नरोकिए राजीनामाको क्रम पनि नरोकिने उनीहरुले उल्लेख गरेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports