सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाँकेका लोसपाका ४९ जनाले दिए राजिनामा, लोसपामा भाँडभैलो

377
shares

नेपालगञ्ज । पार्टीमा केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै बाँकेमा लोकतान्त्रिक समाजवादी पार्टी ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टी भित्र बिभिन्न तहमा जिम्मेवारी बाँडफाँड गर्दा भेदभावपूर्ण व्यवहार निरन्तर भइरहेको र जिल्लामा भएको समस्या समाधानका लागि पटक पटक जानकारी गराउँदा पनि समाधानमा कुनै सक्रियता नदेखाएको भन्दै लोसपा बाँकेका ४९ जना नेताहरु तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन ।

संविधान संशोधन विधेयक तथा नेपालगञ्ज विश्वविद्यालय विधेयक पारित गर्न असहयोग गर्ने नेकपा एमाले सँग सहकार्य गरेकाले पनि पार्टी छाड्नु परेको उनीहरुले बताएका छन् ।जिल्लामा पार्टीका केन्द्रीय कार्यकारीणी सदस्य सवेन्द्रनाथ शुक्लाले मनपरी गरेको र स्थानीय निर्वाचनमा पार्टीको जिल्लास्तरको नेतृत्व सँग कुनै सुझाव सल्लाह नगरी कार्यकर्ताको मनोबल गिराउने खालको गतिबिधि भएकाले राजीनामा दिएको महिला नेतृ रेखा गुप्ताले जानकारी दिइन् ।

‘पार्टी भित्रको रवैया ठिक छैन, केन्द्रीय कार्यकारीणी सदस्य शुक्लाको मनपरी छ’, महिला नेतृ गुप्ताले भनिन, ‘आफूखुसी गरेका छन्, त्यसकारण आफूहरुले राजीनामा दिएका छौं । अझै करिब सय जना जति नेता तथा कार्यकर्ताले राजीनामा दिने तयारी छ ।’ राजीनामा दिनेहरुमा लोसपाका नेता एवं नेपालगञ्जका पूर्वमेयर तथा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता समेत छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports