सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसले धोका दिएको भत्तपुर राप्रपाको आरोप

455
shares

भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली काँग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् । राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा काँग्रेसले राप्रपालाई सहयोग गर्ने लिखित सहमति भएर पनि अहिले सहमति भङ्ग गरी धोका दिएको जनाइएको छ ।

१४ मङ्सिर ०७६ मा सम्पन्न प्रदेश सभा उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेँललाई राप्रपाले सहयोग गरेको र उक्त सहयोग गरे बापत चाँगुनारायण नगरपालिकामा राप्रपाले नगर प्रमुख सहित चार वडा र नेपाली काँग्रेसलाई उपप्रमुख सहित पाँच वडा बाँडफाँट गरी निर्वाचनमा सहभागी गराउने लिखित सहमति भएको थियो । ८ मङ्सिर ०७६ मा दुई पार्टी बीच भएको सहमतिलाई नेपाली काँग्रेसले एकतर्फी भङ्ग गरेको राप्रपाको आरोप छ ।

राप्रपाले सहमतिपत्र पनि सार्वजनिक गरेको छ। सहमतिपत्रमा दुवै दलका केन्द्रीय प्रतिनिधि सहित सात जनाले हस्ताक्षर गरेका छन् । नेपाली काँग्रेसको तर्फ बाट उपसभापति विमलेन्द्र निधि र राप्रपाको बाट उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य हरिबहादुर बस्नेत लगायतले हस्ताक्षर गरेका छन् । राप्रपा केन्द्रीय सदस्य दिनेश श्रेष्ठले सो सहमति कार्यान्वयनका लागि जिल्ला र केन्द्रीय तहमा समेत छलफल भए पनि त्यसको कार्यान्वयन जिल्ला तह बाटै नभएको बताए । उनले ती सहमतिलाई राप्रपाले अक्षरश पालना गरेको तर काँग्रेसले सबै बुँदा पालना नगरेको समेत बताए । उनले चाँगुनारायण नगरपालिकामा राप्रपाले सहयोग नगरेको भए तत्कालीन समयमा काँग्रेसका भडेँल जित्नै नसक्ने ठोकुवा गरे ।

राप्रपा पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले राप्रपाले काँग्रेस माथि गरेको लगानीको ब्याज सहित तिर्नुपर्ने बेलामा दिएको धोखाले काँग्रेसलाई नै हानी पुग्ने बताए । उनले पार्टीले धोका दिए पनि काँग्रेस समर्थक मतदाताहरूले धोका नदिने दाबी गरे । कार्यक्रममा राप्रपाका सह महामन्त्री एवं चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले काँग्रेसको नियतमा खोट रहेको बताए । काँग्रेसले धोखा दिए पनि जनताले भने सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सो सहमति पार्टीले भङ्ग गरेकोले काँग्रेस कार्यकर्ता र समर्थकहरूलाई सहमतिपत्र देखाएर धोका दिने काँग्रेसलाई मत नदिएर सहयोग गर्न आग्रह गर्ने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports