विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषदको धिरजप्रताप सिंहलाई नयाँ आइजिपी बनाउने निर्णय

572
shares

काठमाडौं ।नेपाल सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

गृह मन्त्रालयको सिफारिसमा सिंहलाई नियुक्त गरेको हो। २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहित उच्च प्रहरी अधिकारीहरू भोलि देखि अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports