विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजु अर्याल सशस्त्रको आइजिपीमा नियुक्त

832
shares

काठमाडौं ।नेपाल सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजिपी)मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए। गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो। गत मंगलबारको मन्त्रिरिषद् बैठकले उनलाई एआइजीमा बढुवा गरे सँगै उनी सशस्त्र प्रहरीमा आइजिपीका एक्ला दाबेदार भएका थिए।

गत चैत ३० गते पुष्पराम केसी आइजिपी भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमा अर्थात भोलि बाट अनिवार्य अवकाश पाउँदैछन्। सशस्त्र प्रहरी नियमावली अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ। अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका हुन्। सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्याल सँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ।

त्यस्तै विभिन्न देशको शान्ति मिसनमा समेत उनले नेतृत्व गरेका छन्। सशस्त्र प्रहरी बल‍ प्रवक्ताको रूपमा काम गरिसकेका अर्याल सबैतिर राम्रो सम्पर्क भएका कमाण्डरका रूपमा चिनिन्छन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports