विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी समाजवादीमा प्रवेश

559
shares

रौतहट ।नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोह बीच साह सँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए । वर्षौं देखि एमालेको झोला बोक्दै आएपनि कुनै वास्ता नहुनु र हिजो अस्ति मात्र प्रवेश गरेकाहरूलाई नेतृत्व पङ्क्तिले काखी च्यापेको देखेर बाध्य भएर पार्टी छोडेको साहले प्रतिक्रिया दिएका छन् ।

उक्त अवसरमा नेता नेपालका साथै पूर्व राजदूत डाक्टर वंशीधर मिश्र लगायतको उपस्थिति थियो । गृह जिल्ला रौतहटमा आइतबार पुगेका नेता नेपालले चन्द्रपुर,वृन्दावन लगायतका स्थानमा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports