नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कर्मचारीहरुले वायुसेवा निगमका कार्यकारी अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरे

468
shares

काठमाडौं ।नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा कर्मचारीहरुले ताला लगाएका छन् । निगममा रहेका काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष मानबहादुर कुँवरले कर्मचारी युनियनको तर्फ बाट संयुक्त रुपमा ताला लगाइएको बताए । कार्यकारी अध्यक्ष अधिकारीले साउदी उडानमा स्पष्टीकरण सोधेको भन्ने समाचार भाइबर ग्रुपमा सेयर गरेको भन्दै कर्मचारीलाई मानसकि तनाव दिएको कारण तालाबन्दी गरिएको उनले बताए । समाचार सेयर गरेको कारण पाँचौ तहका कर्मचारी देवराज ओझालाई कार्यकक्षमा बोलाएर धम्क्याएको उनको दाबी छ ।

‘कार्यकारी अध्यक्षले मानसिक तनाव दिएर ओझा बेहोस् हुनु भयो, कार्यकारी अध्यक्षकै गाडीमा नोबेल अस्पताल लग्नुपर्‍यो,’ उनले भने, ‘अति भए पछि हामीले ताला लगाएका हौं, धम्काउने क्रम बन्द हुनुपर्‍यो ।’निगमलाई धराशायी बनाउन लगाएको, किस्ता तिर्न नसकेको, निगमलाई जहाज किन्न ठोस प्रस्ताव ल्याउन नसकेको आरोप समेत कर्मचारी युनियनको छ । आफ्नो कमजोरी बाहिरिएपछि कर्मचारीलाई धाकधम्की दिएका कारण तालाबन्दी गरिएको उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर र कार्यकारी अध्यक्ष अधिकारीबीच पछिल्लो समय सम्बन्ध राम्रो छैन । केही साता पहिले जम्बो टोली लिएर कार्यकारी अध्यक्ष विदेश भ्रमण साउदी अरेबिया पुगेपछि पर्यटनमन्त्रीले उनलाई स्पष्टीकरण सोधेका थिए ।त्यसयता सूचना चुहाएको भन्दै कर्मचारीमाथि कार्यकारी अध्यक्ष जाइलाग्ने गरेको कुँवरको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports