विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्याजदर अझै बढ्छ, त्यसका लागि सबै तयार हुनुस् : गभर्नर अधिकारी

572
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा ब्याजदर अझै वृद्धि हुने भन्दै त्यसका लागि सबै क्षेत्रलाई तयार रहन आग्रह गरेका छन् । चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बुधबार गभर्नर अधिकारीले नीतिगत ब्याजदर नै थप बढाउनुपर्ने अवस्था देखिएको भन्दै ब्याजदर वृद्धिको सामान गर्न सबै क्षेत्रलाई आग्रह गरे ।

वर्तमान परिस्थितिले नै ब्याजदर वृद्धिको ‘डिमान्ड’ गरिरहेको उनले दाबी गरे । “प्रणालीमा तरलता अभाव भयो, त्यसले ब्याजदरमा असर गर्‍यो । त्यही पनि ब्याजदर कोभिड अगाडिको भन्दा धेरै माथि गएको छैन । तर, परिस्थितिले भने ब्याजदर अहिलेको भन्दा माथि जानुपर्छ भन्ने डिमान्ड गरिरहेको छ,” उनले भने, “मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दा नीतिगत ब्याजदर २ प्रतिशतले बढायौँ । तर, अझै पनि शोधनान्तर घाटा यसरी नै बढ्ने हो भने त्यो पनि पर्याप्त छैन कि ! नीतिगत ब्याजदर बढाउने विषयमा थप सोच्नुपर्ने स्थिति हुनसक्छ ।”

उनले अर्थतन्त्र र बाह्य क्षेत्रमा देखिएको समस्या समाधान गर्र्ने औजार भनेकौँ ब्याजदर वृद्धि भएको बताए । “हाम्रो मुख्य औजार भनेकै नीतिगत ब्याजदर हो । तत्कालका लागि आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्ने जस्ता केही अस्थायी औजारको प्रयोग गरेका छौँ,” उनले भने, “ यी औजारहरु भनेको सीमित अवधिका लागि हुन्, सधैँको लागि होइन । हामीले प्रयोग गर्ने प्रमुख मौद्रिक औजार भनेको नीतिगत ब्याजदर नै हो । नीतिगत निर्णय गर्दा ब्याजदरलाई हेर्नैपर्ने हुन्छ, त्यसले बजारमा ब्याजदर थप बढ्न सक्छ । त्यसका लागि सबै समुदाय तयार रहनैपर्छ ।”

गभर्नर अधिकारीले अर्थततन्त्र जोगाउनका लागि पनि अहिले ब्याजदर वृद्धि आवश्यक रहेको बताए । “अर्थतन्त्र रह्यो भने मात्रै त्यहाँभित्र हामी रहने हो । त्यहाँभित्र व्यापारीले व्यापार र उद्योगीले उद्योग गर्ने हो । अर्थतन्त्र नै रहेन भने के गर्ने ? अहिले अर्थतन्त्र कसरी जोगाउने त्यतातिर सोच्नुपर्छ,” उनले भने, “परिस्थितिले नै ब्याजदर बढाउन माग गरिरहेको छ । ब्याजदर थप वृद्धि हुन्छ, त्यसका लागि सबै तयार रहनुपर्छ ।”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports