विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

३२ अङ्कले घटेर समग्र बजार २२७५ विन्दुमा

624
shares

काठमाण्डौ ।बुधबार नेप्से परिसूचक करिब ३२ अङ्कले घटेर समग्र बजार २२७५ विन्दुमा आएको छ । शेयर बजार निरन्तर ओरालो लागे सँगै लगानीकर्ता आत्तिएका छन् ।

नेप्से घटेको मात्र छैन कारोबार रकममा पनि खासै सुधार आएको छैन । २३३ कम्पनीहरूको आज १ अर्ब २६ करोड माथिको शेयर किनबेच भएको छ । एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा केबल १५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ ।

आज दिनैभरि खरिद बिक्री भएका शेयर मध्य अरुण भ्यालीको शेयर सबैभन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ भने ग्रिन भेन्चर्सको सबै भन्दा धेरै प्रतिशतले शेयर मूल्य घट्दा बीमा समूहमा उच्च दवाव परेको छ ।

आज नेप्सेका सबै उपसूचकहरूलाई रातो पोतिएको छ । बजारमा तरलता अभाव भएसँगै शेयर बजारमा त्यसको प्रभाव परिरहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports