तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

520
shares

काठमाडौं ।म्यानचेस्टर सिटी विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा सिटीलाई ३-१ गोलले हराउँदै रियलले फाइनलमा लिभरपुल सँगको भिडन्त सुनिश्चित गरेको हो । पहिलो लेगमा ४-३ गोलको अग्रता बनाएको सिटीले खेलको ७३ औँ मिनेटमा रियाद महारेजको गोलले आफ्नो अग्रता थप गरेको थियो ।

तर जितका लागि अग्रसर सिटीलाई रोडिग्रोले इन्जुरी समयमा स्तब्ध बनाए । ब्राजिलियन सब्सिटिच्युटले खेलको ९० औँ मिनेटमा करिम बेन्जेमाको पासमा गोल गरे भने ९० सेकेण्डपछि मार्को असेन्सियोको पासमा अर्को गोल गर्दै समग्रमा खेल बराबरी गरे । लगातार दोस्रो च्याम्पियन्स लिग फाइनल प्रवेश गर्ने आशा बनाइरहेको सिटीलाई अतिरिक्त समयमा थप झट्का लाग्यो । रुबेन डियासले करिम बेन्जेमालाई लडाएपछि रियलले पेनाल्टीलाई पायो । जसलाई बेन्जेमाले सहजै गोलमा परिणत गर्दै टोलीको फाइनल यात्रा सुनिश्चित गरे ।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports