२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मापदण्ड बनेपछि मात्र न्यायाधिस नियुक्ती हुने : कामु प्रधानन्यायाधीश कार्की

897
shares

काठमाडौं ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले मापदण्ड बनेपछि मात्रै उच्च र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिने बताएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरु सँगको भेटघाटका क्रममा उनले मापदण्ड बनाउनका लागि कानूनमन्त्री एवं न्यायपरिषदका सदस्य गोविन्द बन्दीलाई जिम्मेवारी दिएको बताए ।

‘सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा विवाद रहित र स्वच्छ रुपमा होस् भनेर मापदण्ड बनाउन खोजेका छौं, मापदण्डको मस्यौदा गर्न कानूनमन्त्रीले जिम्मेवारी लिनुभएको छ’ कामू प्रधानन्यायाधीश कार्कीको भनाइ उधृत गर्दै सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले भने, ‘न्यायपालिका सुधारका एजेण्डामा कुनै सम्झौता हुदैन । न्यायाधीश नियुक्ति बाट नै विकृतिको सुरुवात भएकाले सुधार पनि त्यहीँ बाट थाल्नुपर्छ ।’ जिल्ला अदालतको न्यायाधीश नियुक्तिमा परीक्षा प्रणाली र जेष्ठताक्रमको मापदण्ड भए पनि उच्च र सर्वोच्च अदालतमा भने मापदण्ड विना न्यायाधीश नियुक्ति हुँदै आएको थियो ।

प्रधानन्यायाधीशले तजविजी अधिकार प्रयोग गरेर मनोमानी नियुक्ति गरेको भनी प्रश्न उठेपछि कामू प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति निर्देशिका बनाउन खोजेका हुन् । उक्त निर्देशिका सार्वजनिक गर्ने र त्यसपछि मात्रै नियुक्ति गर्ने कार्कीले बताए । अर्को महिना देखि सर्वोच्च अदालतमा केही पद रिक्त हुँदैछ भने उच्च अदालतमा करिव १५ जना न्यायाधीशको पद खाली छ । छलफलमा वरिष्ठ अधिवक्ताको उपाधी दिनेबारे पनि कानून व्यवसायीहरुले चासो राखेका थिए । १५ वर्ष काम गरिसकेका र ख्याती कमाएका कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधी दिनसक्ने कानूनी व्यवस्था छ ।

सर्वोच्च अदालतले भने २५ वर्ष पुगेकालाई मात्रै उपाधी दिने गरेको छ । अहिले पनि कानून व्यवसायीहरुले १५ वर्ष पुरा भएको र ख्याती प्राप्त कानून व्यवसायीहरुलाई रोक्न नहुने भनी ध्यानाकर्षण गराएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports