२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईजीपी नियुक्ती प्रकरणको बहस सकियो आजै आदेश आउने

845
shares

काठमाडौं ।नेपाल प्रहरीको आईजीपी नियुक्ति सम्बन्धी विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन माथिको बहस सकिएको छ । एआईजी विश्वराज पोखरेलले सोमबार दायर गरेको रिट माथिको बहस न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि सकिएको हो । बहस सकिए सँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिट उपर आजै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

बुधबार देखि सुरु भएको सुनुवाइ सो दिन नभ्याइएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज इजलासमा पोखरेलको तर्फ बाट अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत, माधव बस्नेत, सुनील पोखरेल र रमेश बडालले बहस गरेका थिए । यस्तै पोखरेल आफैले पनि बहस गरेका थिए ।

यस्तै बुधबार इजलासमा पोखरेलको तर्फ बाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादव लगायतले बहस गरेका थिए भने सिंहको तर्फ बाट महान्यायाधिवक्ता खम्मबहादुर खाती सहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराई लगायतले बहस गरेका थिए । गत आइतबार सरकारले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि त्यस विरुद्ध पोखरेल अदालत गएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports