विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेष्ठ ७ गते सरकारले आफ्नो निति तथा कार्यक्रम ल्याउने तयारी थाल्यो

481
shares

काठमाडौं ।संघीय संसद सचिवालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने गरी प्रारम्भिक खाका तयार पारेको छ । जेठ लागेपछि कुनै हालतमा संसदको वर्षे अधिवेशन आह्वान हुने आंकलन गरेर संसद सचिवालयले जेठ ३ गतेदेखि संसदमा प्रि–बजेटको प्रारम्भिक खाका तयार गरेको हो ।

संघीय संसद सचिवालयलका अनुसार जेठ ३ गते अर्थमन्त्रीले बजेटको प्राथमिकता पेश गर्ने, ४ गते प्रि–बजेट छलफल गर्ने, प्रि–बजेट माथिको छलफल र मन्त्री बाट जवाफ प्रस्तुत गर्न दिने र जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । सरकारले पनि बजेट अधिवेशन बोलाउने तयारी अगाडि बढाएको छ । त्यस अनुसार संघीय संसद सचिवालयले पनि बजेट माथिको छलफलको प्रारम्भिक खाका तयार पारेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । अब बस्ने मन्त्रिपरिषदको बैठक बाट अधिवेशन आह्वानको मिति सिफारिस हुन सक्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् । जेठ १५ गते बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यही कारण सरकारले स्थानीय तहको चुनावलगत्तै संसदको अधिवेशन आह्वान गर्ने गरी तयारी गरेको जनाइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports