आवश्यकता होइन सत्ता स्वार्थको गठबन्धन
वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०८:४६
shares

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले हिजो आज एउटै शब्द दोहो¥याउने गरेका छन् । त्यो हो राष्ट्रिय आवश्यकताले गरिएको गठबन्धन भएकाले यो गठबन्धनप्रति कसैले शंका नगरे हुन्छ भनेर ।
वास्तवमा भन्ने हो भने गठबन्धन राष्ट्रिय आवश्यकता भन्दा पनि अप्राकृत्तिक रुपमा गरिएको सत्ता स्वार्थ गठबन्धन नै हो । गठबन्धन र तालमेल भनेको नीति, सिद्धान्त र विचार मिल्नेहरुसँग मात्र हुन्छ तर अहिलेको सत्ता गठबन्धनमा रहेका पाँच दल मध्येका कुनै पनि दलसँग सत्ता गठबन्धनमा रहेका दलहरुको नीति सिद्धान्त र विचार मिल्दैन ।
सत्ता गठबन्धन नगरेको भए के लोकतन्त्र बच्ने थिएन त ? पाँच दलीय गठबन्धनमा रहेका दलहरुको सत्ता स्वार्थले र सत्ता स्वार्थ मिल्दा गठबन्धन गरिएको प्रमाणित हुँदै गएको छ । त्यसको प्रत्यक्ष प्रमाण हो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उद्घोष । उनले भन्ने गरेका छन् चितवनको भरतपुर महानगरपालिकामा आफ्नी छोरीले मेयर पदमा हारेको खण्डमा गठबन्धन टुट्न सक्छ भनेर ।
अध्यक्ष दाहालको भनाई र प्रधानमन्त्री देउवाको भनाई यहाँ मेल खाँदैन । देउवा आवश्यकताको आधारमा गठबन्धन गरिएको बताउँदै आएका छन् भने दाहालले आफ्नी छोरीको हार जितमा गठबन्धनको भविष्य निर्धारण हुने भनिसकेकाले के अध्यक्ष दाहालकी छोरीलाई मेयर पदमा जिताउनैका लागि मात्र गठबन्धन गरिएको हो त ? रेणु दाहाल मेयर पदमा हारेको खण्डमा गठबन्धन टुट्न सक्छ ।
अध्यक्ष दाहालले आफ्ना छोरीको जित हारमा गठबन्धनको भविष्य निर्भर हुन्छ भन्नुको अर्थ सत्ता स्वार्थका लागि मात्र गठबन्धन बनाइएको प्रमाणित हुँदैन र ? एउटा व्यक्तिलाई पदमा पु¥याउन गठन गरिएको सत्ता गठबन्धनलाई राजनीतिक प्रतिष्ठाको विषय बनाइएको हुनाले यो सत्ता गठबन्धन अप्राकृत्तिक गठबन्धन हो । अप्राकृत्तिक गठबन्धनको परिणाम पनि भरतपुरमा समेत अप्राकृत्तिक नै आउने प्रायः निश्चित रहेको छ ।


































