२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफू उम्मेदवार भएको दल बाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

832
shares

काठमाडौं ।निर्वाचन आयोगले आफू उम्मेदवार भएको दल बाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी कतिपय उम्मेदारले अन्य दलको झण्डा प्रयोग गरेर चुनाव प्रचार गरेको उजुरी परेको बताएको छ ।

चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दल बाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

निर्वाचन आचारसंहिता अनुसार ३ फिट लम्बाइ र ३ फिट चौडाइको झण्डा र सोही नापको चुनाव चिह्न बाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, बोक्न र श्रव्य दृश्य सामग्री बजाउन नपाउने आयोगले जनाएको छ । आचार संहितामा उल्लेख भए भन्दा फरक ढंगले झण्डा वा चुनाव चिह्न प्रयोग गरेमा कारबाही गरिने आयोगले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports