kumari
stcnepal

आजको मौसम कस्तो रहला ?

काठमाडौं ।अहिले देशमा स्थानीय वायु, पश्चिमी न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको तथा प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

त्यस्तै, दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने तथा प्रदेश नं. १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जनाइएको छ । प्रदेश नं. १, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैबीच, प्रदेश नं. १, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

 

 

footer