धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन
वि.सं.२०७९ वैशाख २५ आइतवार ०७:१९
shares

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ । अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् । उनको ७० वर्षको उमेरमा निधन भएको हो ।
फोक्सोमा क्यान्सर भएर चार वर्ष देखि उपचार गराइरहेका उनलाई दुई महिना देखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यकृया हुन नसकेको कार्कीले बताइन् । ‘यद्यपि उहाँ स्वस्थ्य नै हुनुहुन्थ्यो । शनिबार साँझ सम्म बैठकमै सहभागी हुनुभयो,’ उनले भनिन्, ‘एक्कासी उहाँको निधन भयो ।’
शेख नेपाली कांग्रेस बाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।

































