विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पोखरामा सत्ता गठबन्धनले चुनावी सभा गर्दै, तुलसीपुरमा पनि आजै चुनावी सभा हुने

676
shares

काठमाडौं ।सत्ता गठबन्धनले आज (आइतवार) कास्कीको पोखरा महानगरपालिकामा चुनावी सभा गर्दैछ । बिहान ११ बजे चुनावी सभा शुरू गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य नेताहरूले सम्बोधन गर्नेछन् ।  यस्तै दाङको तुलसीपुरमा पनि आजै चुनावी सभा हुनेछ । पोखरामा सभा सकेर सभापति देउवा लगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जानेछन् । त्यहाँ दिउँसो २ बजे सभा आयोजनाको तयारी छ ।  यसअघि शनिवार रुपन्देहीको बुटवल, तनहुँको दमौली र धनुषाको जनकपुरमा सत्ता गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।

गठबन्धनले वैशाख २१ गते बाट चुनावी सभा शुरू गरेको थियो । २१ गते विराटनगर, २२ गते भरतपुर र २३ गते काठमाडौंमा चुनावी सभा सम्पन्न भइसकेको छ ।पोखरा महानगरपालिकामा गठबन्धनका तर्फ बाट एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनी सँग प्रतिश्पर्धामा एमालेका तर्फ बाट कृष्ण आचार्य मैदानमा होमिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports