आज एमाले अध्यक्ष ओली पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीलाई मतदान गर्न मतदातालाई आग्रह गर्ने
वि.सं.२०७९ वैशाख २५ आइतवार ०८:५७
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मतदाताहरूलाई अपिल गर्ने भएका छन्।पार्टीका नेता विष्णु रिमालका अनुसार अध्यक्ष ओलीले आम मतदातालाई अपिल गर्ने कार्यक्रम तय भएको छ।

एमालेको केन्द्रीय कार्यालय तुल्सिलाल स्मृति भवन च्यासल बाट आज बिहान १०:३० मा ओलीले मतदातालाई अपिल गर्नेछन्। ओलीले पत्रकार सम्मेलन गर्दै मतदातालाई अपिल गर्न लागेका हुन्। वैशाख ३० मा हुने स्थानीय चुनाव नजिकिएका बेला ओलीले मतदातालाई आफ्ना कुरा राख्न लागेका छन्।
































