२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवनको आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज चितवन जाँदै

858
shares

काठमाडौं ।नेकपा (एमाले) चितवनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन् । नारायणगढ क्याम्पाचौरमा आयोजना गरिएको आमसभालाई ओली लगायत एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

आमसभा दिउँसो १२ बजे देखि सुरु हुँदै छ । ओलीले भने दिउँसो २ बजे मात्रै सम्बोधन गर्ने छन् । आमसभाको लागि मञ्च तयार पार्ने काम भइरहेको छ । गठबन्धनका दलले केन्द्रीय बसपार्कमा आयोजना गरेको आमसभाको मञ्च पानीले डुबानमा परेपछि एमालेले क्याम्पाचौरमा आमसभा गर्न लागेको हो । आमसभाको तयारी बारे एमाले जिल्ला प्रचार विभागले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

भरतपुर महानगरपालिकामा एमाले–राप्रपा तालमेल गरेका छन् । भरतपुरको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङको उमेदवारी रहेको छ । मौन अवधी सुरु हुन तीन दिन मात्रै बाँकी रहँदा उमेदवारहरुले चुनावी घरदैलोलाई तीव्र बनाएका छन् ।

यसअघि पाँच दलीय गठबन्धनले वैशाख २२ गते भरतपुरमा चुनावी सभाको आयोजना गरेको थियो । गठबन्धनका नेताहरुले गरेको विरोध र आरोपको जवाफ आज ओलीले सार्वजनिक कार्यक्रम मार्फत दिँदै छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports