पाँच दलिय गठबन्धन जिताउन बिज्ञप्ति जारी गर्ने सत्ता गठबन्धन निकट पत्रकार संगठनहरूलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पस्टिकरण
वि.सं.२०७९ वैशाख २५ आइतवार १७:२३
shares

काठमाडौं ।एमाले विरुद्ध मतदान गर्न आह्वान सहित वक्तव्य जारी गर्ने गठबन्धन दलआबद्ध पत्रकार संगठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ ।
आयोगले अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदन ? पत्रकारिताको क्षेत्र र राजनीतक क्षेत्र भिन्न हो कि होइन ? भन्दै २४ घण्टा भित्र विज्ञप्ति हटाएर सोही समय भित्र लिखित जवाफ पेस गर्न पत्र काटेको छ ।
शनिबार कांग्रेस निकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, नेकपा एस निकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ सहितले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
उनीहरूले एमालेले जितेमा मुलुक दुर्घटनामा पर्ने भन्दै गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गरेकोमा पत्रकारहरूले नै आलोचना गरेका छन् । प्रेस युनियनका पूर्वअध्यक्षहरूले वक्तव्य नै जारी गरेर पेशागत मर्यादा नाघेकोमा आपत्ति जनाएका थिए ।



































