२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्यो

1.39K
shares

काठमाडौं ।चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।

यो जित सँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७.४ ओभरमा ११७ रन बनाएर आउट भयो । दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।

यसअघि डेभन कोनवेको अर्धशतक र अन्तिम ओभरमा महेन्द्र सिंह धोनीको २१ रनको सहयोगमा चेन्नई सुपर किंग्सले २० ओभरमा २०८ रन बनाएको थियो।​ डेभोन कोनवे र ऋतुराज गायकवाडले पहिलो विकेटका लागि ६७ बलमा ११० रनको साझेदारी गरे। ऋतुराज गायकवाडले ३३ बलमा ४१ रन बनाए । कोनवेले ४९ बलमा ८७ रन बनाए । शिवम दुबेले १९ बलमा ३२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा अविजित २१ रन जोडे ।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports