विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्नो पार्टीका उम्मेदवारहरु माथि आक्रमण गरिएको भन्दै राप्रपाको आपत्ति

624
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनमा धनुषा र रुकुम पश्चिममा आफ्नो पार्टीका उम्मेदवारहरु माथि आक्रमण गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि नेकपा एमाले बाट सांघातिक हमला भएको भन्दै निन्दा गरेका छन् । मिया माथि एमालेले उमेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी सहित परिवारका ७ जना सदस्य माथि सांघातिक हमला भएको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपाले माग गरेको छ ।

यसैगरी रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने लगायतका गतिविधि भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

यसले जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको भन्दै राप्रपाले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । ‘आफ्नो चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ । साथै यस्ता घटनाले निर्वाचन मार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकार समेत कुण्ठित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports