विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झूठो आरोपको पुलिन्दा ओलीले लगाउनु भयो : कांग्रेस प्रवक्ता महत

949
shares

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झूठ बोलेको आरोप लगाएको छ । ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ६७ बुँदे अपिलमा आफू माथि गम्भीर आरोप लगाएको भन्दै सोमबार पार्टी कार्यालयमा आयोजित काउन्टर पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले ओली झूठको पुलिन्दा भएको आरोप लगाएका हुन् ।

प्रवक्ता महतले नेपाली कांग्रेसले बनाएको नीतिको साउँ र ब्याज खाने पार्टी भएको भन्दै एमाले र त्यसका अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् । ‘झूठो आरोपको पुलिन्दा ओलीले लगाउनु भएको छ । कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले जतातै निजी उद्योग फस्टायो,’ उनले भने, ‘उहाँले बाँसबारी छाला जुत्ता उद्योग बन्द भएको उदाहरण दिनुहुन्छ । तर, त्यहाँ मुटुरोग अस्पताल बनेको बिर्सिनु भयो ।’

उनले देशमा हिंसात्मक द्वन्द्व नभएको भए विकासको फड्को मारिसक्ने भन्दै स्थानीय तहको स्वायत्तताको अवधारणा ल्याउने पार्टी पनि कांग्रेस नै भएको दावी गरे । ‘नेपालको आर्थिक अवस्था नै कांग्रेसले खडा गरेको हो । भ्याट लागु गरेर प्रशस्त राजश्व उठाउने कांग्रेस नै हो,’ उनले भने, ‘उद्यम, शिक्षा, पूर्वाधारको क्षेत्रामा अग्रणी भूमिका खेलेर कांग्रेसले २ प्रतिशत बाट आर्थिक वृद्धिदर ७ पु¥यायो ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports