kumari
stcnepal

कस्तो रहला आजको मौसम, केही स्थानमा पानी पर्न सक्ने

काठमाडौं ।अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । चक्रवात “असानी” हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, दिउँसो प्रदेश नं. १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश नं. १, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी, राति प्रदेश नं. १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश नंं.१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन/ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

 

 

footer