बिराटनगर महानगरको एमालेकी उपमेयर कार्की बिरूद्धको मुद्दामा अन्तरिम आदेश दिन अदालतले गर्यो अस्वीकार
वि.सं.२०७९ वैशाख २९ बिहीवार १८:०५
shares

विराटनगर ।विराटनगर महानगरमा एमाले बाट उपमेयर उम्मेदवार बनेकी शिल्पा निराला कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने बताएको छ। किर्ते कागजात पेस गरेर उम्मेदवारी सदर गराएको भन्दै कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिट माथि सुनुवाइ सकिएपछि सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने बताएको हो।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश गरेको हो।यसअघि सो रिटको बुधबार नै पेसी रहेको थियो। उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपा बाट उपमेयरको उम्मेदवार भएका अमरेन्द्र यादवले रिट दर्ता गरेका थिए।
कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पद बाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए। कार्कीले स्वास्थ्य मन्त्रालयमा राजीनामा दर्ता गरिसकेको निवेदनको प्रतिलिपि पेश गरेपछि उजुरीकर्ताको माग दाबी नपुगेको भन्दै निर्वाचन कार्यालयले कार्कीको उम्मेदवारी सदर गराएपछि यादव सर्वोच्च पुगेका हुन्।




































